+
+
Shares

मिस एण्ड मिसेस धादिङ बनाइदिने भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ११ गते १४:०८

११ माघ, काठमाडौं । मिस एण्ड मिसेस धादिङ बनाइदिने प्रलोभन देखाउँदै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुपा थापाका अनुसार पक्राउ पर्नेमा इलामका कमल खतिवडा र ललितपुरका हिमाली सुब्बा रहेका छन् ।

घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा दुवैजनाले आरोप स्वीकार गर्दै पैसा लिनु बाध्यात्मक अवस्था भएको बयान दिएको प्रहरीले जनाएको छ । आइतबार नियन्त्रणमा लिइएका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?