Comments Add Comment

राष्ट्रिय एकद्वार प्रणालीका लागि कृषिका तीन निकायसँग समझदारी

११ माघ, काठमाडौं । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यन्वयन गर्न भन्सार विभाग र कृषि मन्त्रालय मातहतको दुई विभाग तथा एक कार्यालयबीच समझदारी भएको छ ।

आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजित कार्यक्रममा भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, प्लान्ट क्वरिन्टाइन तथा विषादि व्यवस्थापन केन्द्र र पशु सेवा विभागबीच नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

एकद्वार प्रणाली कार्यान्वयन आयोजनाकातर्फब्ााट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र प्लान्ट क्वारेन्टाइन तथा विषादि व्यवस्थापन केन्द्रका प्रमुख डा.सहदेव हुमागाई, पशु सेवा विभागका निमित्त महानिर्देशक डा.दमयन्ती श्रेष्ठ र खाद्य तथा गुणस्तर विभागका महानिर्देशक उपेन्द्र रायले समझदारी पत्रमा हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कार्यन्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोशेढुंगा हुने बताइन् ।

समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उनको भनाइ थियो । यस्तै कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र बहादुर कार्कीले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने धारणा राखे ।

सेवाग्राहीले सरल ढंगबाट सेवा पाउने भन्दै उनले प्रविधिको उच्चतम् प्रयोग अहिलेको आवश्यकता भएको औंल्याए । एकद्वार प्रणाली कार्यन्वयन आयोजनाकोतर्फब्ाट कार्यक्रममा बोल्दै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताए ।

छिट्टै कार्यन्वयनमा आउने एकद्वार प्रणालीले ४० वटाभन्दा बढी सरकारी निकयाबाट प्रदान गरिने सेवा उपभोक्ताले अनलाइन र घरमै बसेर प्राप्त गर्ने महानिर्देशक दाहालको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment