Comments Add Comment

पीएम कपमा समूह चरणका अन्तिम खेल आज, आर्मी र एपीएफ तथा पुलिस र प्रदेश २ खेल्दै

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफले र आर्मीले समूह चरणमा गण्डकी, कर्णाली र प्रदेश १ लाई पराजित गरेको थियो ।

यस समूहको विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासंग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसंग खेल्नेछ ।

यस्तै समूह बी बाट बागमति प्रदेश ४ खेलबाट ७ अंक जोड्दै समूह विजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ । त्यसैले पुलिस र प्रदेश २ बीचको खेलबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।

प्रदेश २ लाई पराजित गरेमा साविक विजेता समेत रहेको नेपाल पुलिस समूह उपविजेताको रुपमा सेमिफाइनल पुग्नेछ । पहिलो खेलमै बागमतिसंग पराजित भएको पुलिसले सुदूरपश्चिम र लुम्बिनी प्रदेशलाई पराजित गर्दै ३ खेलबाट ४ अंक जोडेको छ ।

४ वटै खेल खेलिसकेको लुम्बिनी प्रदेश ५ अंकसहित समूह बी मा दोस्रो स्थानमा छ । यदी प्रदेश २ ले पुलिसविरुद्ध अप्रत्यासित नतिजा निकालेमा भने लुम्बिनी प्रदेश सेमिफाइनल पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment