+
+
Shares

गाडीको ठक्करबाट बारामा एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १२ गते ११:१२

१२ माघ, वीरगञ्ज । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृतक अन्दाजी ५० वर्षीय पुरुषको परिचय खुल्न सकेको छैन । उनी मागेर हिँड्ने मानिस रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

पूर्वपश्चिम राजमार्ग अन्र्तगत बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ आदाभार जंंगलमा उनलाई बिहान नम्बर नखुलेको गाडीले ठक्कर दिएको हो ।

दुर्घटनामा मानिसको मृत्यु भएको जानकारी बिहान ५ बजे पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?