Comments Add Comment

के हो ल्युकेमिया ?

ल्युकेमिया एक किसिमको ब्लड क्यान्सरको सुरुवाती चरण हो । यसको उपचार सजिलै गर्न सकिन्छ । तर, त्यसका लागि यो रोग सुरुवाती अवस्थामा नै थाहा भएको हुनुपर्छ । सही समयमा उपचार गरिएन भने यो खतरनाक र ज्यानमारा पनि हुनसक्छ ।

कसरी थाहा पाउने ?

बच्चामा ल्युकेमिया अर्थात ब्लड क्यान्सर लाग्ने संभावना छ भनेर कसरी थाहा पाउने त ? किनभने यसको लक्षण सामान्य हुनेगर्छ, जसलाई हामी गंभिरतापूर्वक लिदैनौ । यद्यपी निम्न कुराहरुबाट बच्चामा यो रोगको भय छ भन्ने कुरा थाहा पाउन सकिन्छ ।

-पटक–पटक एकै किसिमको संक्रमण हुनु

– धेरै तिब्र ज्वरो आउनु

-बच्चाको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु

-हरेक समय थकान र कमजोरी महसुष गर्नु

– एनीमिया हुनु

-नाख–गिजा आदिबाट रगत बग्ने समस्या हुनु

– जोर्नीमा दुखाई अनुभव हुनु

-शरीरको विभिन्न भाग सुन्निनु

-शरीरमा ठाउँ ठाउँमा गाँठो हुनु

-कलेजोसम्बन्धि समस्या हुनु

-अक्सर टाउको दुख्नु । वा माइग्रेनको शिकार हुनु

-पक्षघात अर्थात स्ट्रोक हुनु

-कुनै चिजमा पटक पटक भ्रम हुनु । अर्थात मानसिक रुपले तनावग्रस्त हुनु

-वान्ता हुनु

-छाला चिलाउने समस्या देखापर्नु

-भोक नलाग्ने समस्या हुनु

– कुनैपनि घाउ निको हुन लामो समय लाग्नु

तिब्र रुपमा फैलिन्छ ल्युकेमिया

ल्युकेमिया अर्थात ब्लड क्यान्सरको प्रारम्भिक लक्षणमा फ्लु र अर्को गंभिर बिमार हुन्छ । तर, जब ल्यकीमिया तिब्र रुपमा फैलन थाल्छ, माथि उल्लेखिन सबै किसिमको समस्या एकसाथ देखापर्न थाल्छ । यी समस्यालाई नजरअन्दाज गरियो भने ल्युकेमिया क्यान्सर कोशिया अर्थात यो ट्युमर कोशिका शरीरको अन्य भागमा फैलन्छ । यही कारण शरीर असामान्य रुपमा सुन्निन थाल्छ । तर सही समयमा ल्युकेमियाकोे लक्षण पहिचान गरियो र उपचार थालियो भने ब्लड क्यान्सरको खतरा रहँदैन ।

खतरानाक रोग हो ल्युकेमिया

ल्युकेमिया सेल्सले सोझै रगतलाई प्रभावित बनाउँछ । हुन त ल्युकेमियाको लक्षणलाई अहिले सजिलै थाहा पाउन सकिन्छ । यदि कसैले त्यसलाई नजरअन्दाज गर्छ भने, र ल्युकेमियालाई समयमै उपचार गदैनन्, भने उनको जीवन धेरैमा चार बर्षसम्म मात्र हुनेछ । यो उमेर पनि प्रतिरोधात्मक क्षमता र ल्युकेमियाकोे प्रकारमा निर्भर गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment