
१२ माघ, जनकपुरधाम । सर्लाहीको कौडेना गाउँपालिकास्थित एक कुखुरा फर्ममा आगलागी भएको छ । प्रहरीका अनुसार आगलागीमा परेर ३ हजार चल्ला र २ सय कुखुरा जलेर नष्ट भएको छ ।
कोडैना गाउँपालिका वडा नम्बर ३ स्थित केबल साहको मंगलबाबा पोल्ट्री फर्ममा सोमबार बिहान विद्युत सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीमा २ सय खुकुरा, ३ हजार चल्ला, दाना र फर्मको कच्ची घरसमेत जल्दा रु ९ लाख ५० हजार बराबरको क्षति भएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
उनका अनुसार आगोलाइ स्थानीयबासी र प्रहरी मिलेर नियन्त्रणमा लिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4