Comments Add Comment

वर्षाले छाडिन् ‘सुदुर’

रमेश बुढाथोकीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सुदुर’बाट नायिका वर्षा सिवाकोटी बाहिरिएकी छिन् । नायिका सिवाकोटीले यो चलचित्र साइन गरेको करिब डेढ बर्ष भयो । डेढ बर्ष अगाडि छायांकनमा जाने भनेर वर्षाले चलचित्र साइन गरेकी थिइन् । तर, चलचित्रको छायांकन ढिला भैरहेको थियो । कोरोना महामारीका कारण चलचित्रको छायांकन सुरु हुन सकेन ।

निर्देशक रमेश वुढाथोकीले चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने तयारी गरेका छन् । यो चलचित्रको छायांकन जुम्लामा हुनेछ । चलचित्रको छायांकनको सेड्यूल पछि सरेको र आफूले समय दिन नसक्ने भएपछि सहमतीमै चलचित्र छाडेको वर्षाले बताइन् ।

नायिका सिवाकोटीले भनिन्–‘लकडाउनपछि म नयाँ व्यवसायमा पनि आवद्ध भएकी छु । यसैले पनि करिब २ महिना समय चलचित्रका लागि दिन नसक्ने अवस्था भयो । यस्तै, सोही मितिमा अर्को चलचित्रको छायांकन पनि पर्ने भएकाले काम गर्न नसकेकी हुँ ।’

चलचित्रको निर्माणपक्षले नायक पुष्प खड्कालाई पनि अफर गरेको छ । तर, पुष्पले भने चलचित्र गर्ने वा नगर्ने पक्का गरेका छैनन् । नायिका सिवाकोटीले लकडाउनपछि चलचित्र ‘परदेशी २’को छायांकन सकाएकी छिन् । उनको ‘मनसँग मन र लक्का जवान’ पनि रिलिजको प्रतिक्षामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment