+
+
Shares

सिरुटारमा विद्युत प्राधिकरणका कर्मचारीमाथि दुर्व्यवहार

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १३ गते १४:५९

१३ माघ, काठमाडौं । नेपाल विद्युत् प्राधिकरण, ठिमी वितरण केन्द्रका तीनजना कर्मचारीमाथि दुर्व्यवहार भएको छ ।

३१ महिनाभन्दा बढी विद्युत् उपभोग गरेर महसुल नतिरेको पाइएपछि लाइन काट्न जाँदा सिरुटारमा कर्मचारीमाथि दुर्व्यवहार भएको हो ।

ठिमीका मिटर रिडिङ सुपरभाइजर प्रमोद खड्काले अनलाइनखबरलाई बताएअनुसार रघु केसीको घरमा विद्युत् काट्न जाँदा कर्मचारी दावा ढकाल, कृष्णबहादुर सुवाल र गोविन्द श्रेष्ठमाथि दुर्व्यवहार भएको हो ।

‘कृष्णबहादुर सरलाई कठालोमा समातेर दुर्व्यवहार गरेको भिडियो नै छ, नियम बमोजिम लाइन काट्न जाँदा कर्मचारीमाथि हातपात गर्ने काम भयो’, खड्काले भने ।

पीडित कर्मचारीले प्रहरीकहाँ जाहेरी दिने तयारी गरेको समेत उनले बताए । घरमा रहेका व्यक्तिहरुले भने प्राधिकरणले विना जानकारी लाइन काटेको गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?