१३ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे विजेताले नगद १० लाख रुपैयाँ पाउने भएका छन् ।
मंगलबार बसेकाे क्यान बाेर्ड बैठकले १० लाख रुपैयाँ दिने निर्णय गरेकाे हाे । यस्तै उपविजेताले ५ लाख र सेमिफाइनलिस्ट टिमले ५० हजार रुपैयाँ पाउनेछन् ।
यसैगरी प्लअर अफ दि सिरिजले ५० हजार तथा बेस्ट बलर र ब्याट्सम्यानले २५ हजार रुपैयाँ पाउनेछन् । सेमिफाइनलदेखि म्यान अफ दि म्याचले ५ हजार रुपैयाँ पाउने क्यानले जनाएकाे छ । यस्तै बैठकले क्रिकेट टिमकाे क्याम्प फेब्रुअरी १ देखि सुरु गर्ने निर्णय गरेकाे छ ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4