+

एसी मिलानलाई हराउँदै इन्टर कोपा इटालियाको सेमिफाइनलमा

२०७७ माघ  १४ गते ७:१२ २०७७ माघ १४ गते ७:१२
एसी मिलानलाई हराउँदै इन्टर कोपा इटालियाको सेमिफाइनलमा

१४ माघ, काठमाडौं । एसी मिलानलाई २-१ ले पराजित गर्दै इन्टर कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । वैक्लपिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका क्रिस्टियन एरिक्सनले निर्णाय कगोल गरेपछि इन्टरले एसी मिलानमाथि पुनरागमन जित हात पारेको हो ।

एसी मिलानलाई अग्रता दिलाएका ज्लाटन इब्राहिमोभिले दोस्रो हाफमा रातो कार्ड पाएका थिए ।

खेलको ३१औं मिनेटमा इब्राहिमोभिचको गोलबाट मिलानले अग्रता लिएको थियो । ५८औं मिनेटमा इब्राहिमोभिचले रातो कार्ड पाए ।

१० खेलाडीमा झरेको एसी मिलानमाथि इन्टरले दुई गोल फर्कायो । लुकाकुले ७१औं मिनेटमा बराबरी गोल फर्काए ।

मार्सेलो ब्रोजोभिकको स्थानमा मैदान प्रवेश गरेका एरिक्सनले इन्जुरी टाइमको सातौ मिनेटमा फ्रिकिकबाट गोल गर्दै इन्टरलाई जित दिलाए ।

इन्टर एसी मिलान

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय