Comments Add Comment

टस हारेर पुलिसविरुद्ध ब्याटिङ गर्दै एपीएफ

१४ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज पहिलो सेमिफाइनलमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच खेल सुरु भएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा पुलिसले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गरिरहेको छ ।

एपीएफले टिममा दुई परिवर्तन गरेको छ । भेट्रान बसन्त रेग्मी र किशोर महतो बेन्चमा छन् भने शंकर राना र सूर्य तामाङ प्लेइङ सेटमा छन् ।

एपीएफ समूह ए को विजेता र पुलिस समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेको हो ।

तेस्रो संस्करणमा पनि एपीएफ र पुलिस सेमिफाइनलमा खेलेका थिए । जहाँ पुलिसले एपीएफलाई हराउँदै फाइनल पुगेको थियो ।

पुलिस र एपीएफबीचको विजेताले यस सिजन उपाधिका लागि बागमती र त्रिभुवन आर्मीबीचको विजेतासँग फाइनल खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment