+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

सानिमा बैंकले ६ महिनामा कमायो १ अर्ब ६ करोड

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते ११:४०

१४ माघ, काठमाडौं । कान्छो वाणिज्य बैंक सानिमा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब रुपैयाँ बढी खुद नाफा आर्जन गरेको छ । बुधबार सार्वजनिक बैंकको अपस्कृत वित्तीय विवरण अनुसार बैंकले १ अर्ब ६ करोड २७ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.३८ प्रतिशत कम हो ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १४ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८९ करोड २६ लाख रुपैयाँ रहेको छ ।

६ महिनामा बैंकको निक्षेप २.७९ प्रतिशतले १ खर्ब १० अर्ब २४ करोड रुपैयाँ पुगेको छ भने कर्जा ११.८८ प्रतिशत बढेर १ खर्ब १ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ ।

हेर्नुस् अन्य सूचकहरुः

सूचक अहिले पहिले सुधार
चुक्ता पुँजी ९६८१५१९ ८८०१३८१ १० प्रतिशत
कर्जा १०१६४१९४२ ९०८५०३५१ ११.८८ प्रतिशत
निक्षेप ११०२४१४३९ १०७२५०२०३ २.७९ प्रतिशत
खुद ब्याज आम्दानी १९९५०७६ २१६७९८७ –७.९८ प्रतिशत
रिटेन्डेड अर्निङ्स ८९२६५८ ११९७०३८ –२५.४३ प्रतिशत

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?