+

आरिफ शेख घाइते

२०७७ माघ  १४ गते १२:२४ २०७७ माघ १४ गते १२:२४
आरिफ शेख घाइते

१४ माघ, काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाइनल खेल दौराना आरिफ शेख घाइते भएका छन् ।

नेपाल पुलिसबाट खेलिरहेका आरिफ पहिलो इनिङ्समा घाइते भए । ४६औं ओभरको खेल चलिरहेका बेला फिल्डिङ गर्ने बेला उनलाई चोट लागेको हो । तत्कालै उनलाई स्ट्रेचरबाट मैदान बाहिर ल्याइएको थियो ।

उनले खेलमा १० ओभर बलिङ गर्दा १ मेडन राख्दै ३१ रन खर्चेर ३ विकेट लिएका थिए ।

आरिफ चोट कस्तो भन्ने बारेमा जानकारी आइसकेको छैन । उनलाई एम्बुलेन्समा राखेर उपचारका लागि हस्पिटल पठाइएको छ ।

उनको खुट्टा सुन्निएको छ ।

 

आरिफ शेख

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय