+
+

लागूऔषधसहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १४ गते १४:४४

१४ माघ, सप्तरी । सप्तरी प्रहरीले लागूऔषधसहित दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिष्णुपुर गाउँपालिका ४ बस्ने २० वर्षीय राजेश कुमार गुप्ता र १९ वर्षीय सत्यदेव खंग छन् ।

राजगढ गाउँपालिका-२ बनैनियाँबाट मंगलबार साँझ उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।  स १ प ९८७८ नम्बरको मोटरसाइकलमा सवार भएका दुवैको साथबाट नाइट्राभेट–१० ट्याब्लेट ९० थान बरामद भएको छ ।

पक्राउ परेका दुवै जनालाई लागूऔषध मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?