+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

‘माफियाले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरे’

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ माघ १४ गते १७:१५

१४ माघ, काठमाडौं । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयविरुद्ध कृषिसँग सम्बन्धित झण्डै तीन दर्जन संघ संस्थाहरुले बानेश्वर चोकमा प्रर्दशन गरेका छन् । सरकारी निर्णय लगत्तै संगठित संयुक्त संघर्ष समितिको अगुवाइमा भएको आन्दोलनमा सहभागीले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे ।

बिरोध सभामा बोल्दै संघर्ष समितका संयोजक शिवराम केसीले कमिसनको खेलमा कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय भएको आरोप लगाए ।

‘एउटै निर्णयबाट करोडौं कमिसन खाने माफियाहरुले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गरे, यसको प्रतिरोध गर्छौं,’ संयोजक केसीले भने ।

आत्मनिर्भरतातर्फ अघि बढेको नेपाली कृषि क्षेत्र मास्नका लागि सरकारले यस्तो निर्णय गरेको भन्दै केसीले स्वरोजगार मास्ने गरी ल्याईने विदेशी लगानीको कडा प्रतिरोध गर्ने बताए ।

कृषिमा विदेशी लगानी भित्र्याउने निर्णयमा संलग्न मन्त्रीहरुले आत्मलोचना गरेर निर्णय फिर्ता लिनु उचित हुने उनको भनाइ छ । सभामा बोल्दै कृषि उद्यमी अरनिको राजभण्डारीले बिनासर्त कृषिमा विदेशी लगानीको निर्णर्य फिर्ता लिन सरकारलाई आग्रह गरे ।गलत समयमा गलत मनासायका साथ कृषिमा विदेशीको लगानी ल्याउने निर्णय भएको भन्दै उनले सरकार पछि नहटे आन्दोलन थप शसक्त बनाउने चेतावनी दिए ।

खाद्यका लागि कृषिका अभियान्ता उद्धब अधिकारीले आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सरकारी निर्णय भत्र्सना योग्य भएको बताए । सरकारी नीतिले मौलिक कृषि प्रणाली ध्वस्त हुने उनको भनाई थियो ।

अर्का कृषि उद्यमी सुमित केडियाले सरकारीले तत्काल निर्णय नसच्याए सडक संघर्ष चर्काउने चेतावनी दिए । कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय नियत र केही मान्छेको स्वर्थ प्रेरित रहेको उनको भनाइ थियो ।

सरकारले पुष २० गते राजपत्रमा सूचना जारी गर्दै वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐनको अनुसूची संशोधन गरेर कृषिको प्राथमिक क्षेत्रमा विदेशी लगानी भित्र्याउने निर्णय गरेको थियो ।

छलफल र स्वदेशी कृषिकको हित नहेरी सरकारले निर्णय गरेको भन्दै कृषिसँग सम्बन्धित ३० भन्दा बढी संघ संस्था आन्दोलित छन् । सरकारले निर्णय फिर्ता नलिएसम्म चरणबद्ध आन्दोलन गर्ने भन्दै उनीहरुले गत माघ १० गते संयुक्त संघर्ष समिति घोषणा गरेका थिए ।
फोटोः चन्द्र आले

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?