
१५ माघ, काठमाडौं । काँकडभिट्टास्थित सुख्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी ट्रान्स नेपाल फ्रेट सर्भिसेस प्रालिले पाएको छ ।
इन्टर मोडल यातायात विकास समितिले आह्वान गरेको बोलपत्रमा सहभागी पाँच कम्पनीमध्येबाट ट्रान्स नेपालको प्राविधिक तथा आर्थिक प्रस्ताव मूल्यांकनबाट छनोट भएको हो ।
पाँच वर्षका लागि वार्षिक १३ करोड २३ लाख भाडा तिर्नेगरी उक्त कम्पनीसँग बुधबार समितिले सम्झौता गरेको छ ।
समितिका तर्फबाट कार्यकारी निर्देशक आशिष गजुरेल र कम्पनीका तर्फबाट प्रबन्ध निर्देशक मुकेशकुमार राठीले गरेको करार सम्झौतामा हस्ताक्षर गरेका हुन् । कम्पनीले फागुन १ देखि बन्दरगाहमा काम सुरु गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4