Comments Add Comment

पीएम कप : बागमतीलाई आर्मीले दियो २३० रनको लक्ष्य, गौतमले लिए ५ विकेट

१५ माघ, काठमाडौं । प्रधानमन्त्री (पीएम) कप पुरुष राष्ट्रिय क्रिकेट अन्तर्गत दोस्रो सेमिफाइनलमा विभागीय टोली त्रिभुवन आर्मीले बागमती प्रदेशलाई जितका लागि २३० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले पूरै ५० ओभर खेल्दा १० विकेट गुमाएर २२९ रन बनाएको हो ।

आर्मीका लागि राजेश पुलामी मगरले सर्वाधिक ६५ रन बनाए । टप अर्डर कोल्याप्स हुँदा मिडर अर्डर र लोहर अर्डरले राम्रो ब्याटिङ गर्दै आर्मीको लागि सम्मानजनक स्कोर तयार पार्न सहयोग गरे । भिम शार्कीले ४० र विक्रम सोबले ३५ रन जोडे ।

सातौं विकेटका लागि राजेश र विक्रमले ९२ रनको साझेदारी गरे । बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको आर्मीको सुरुवात खराब रह्यो । ब्याटिङ अर्डरमा आर्मीले केही परिवर्तन गरेपनि त्यसले काम गरेन । हरी चौहानलाई अनिल मण्डलसँग ओपनिङ गराएको बर्मीले चौथो ओभरमा २ विकेट गुमायो ।

बागमतीका गौतम केसीले चौथो ओभरको तेस्रो बलमा अनिल मण्डललाई बोल्ड गरे । यस्तै त्यही ओभरको पाँचौ बलमा तेस्रो नम्बरमा गौतमले ब्याटिङ गरेका रोहित पौडेलललाई बोल्ड गरे । रोहितले खाता खोल्न सकेनन् ।

त्यसपछि आठौं ओभरको पहिलो बलमा हरि चौहान ३ रन बनाएर आउट भए । हरिलाई गौतमले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए ।

१७-३ बाट आर्मीको इनिङ्स उकास्न भिम शार्की र लोकेश बमले चौथो विकेटका लागि अर्धशतकिय साझेदारी गरे । यी दुईले चौथो विकेटका लागि ५६ रनको साझेदारी गरे । बागमतिका नन्दन यादवले लोकेशलाई आउट गर्दै पार्टनरसिप ब्रेक गराएका थिए ।

१९औं ओभरको दोस्रो बलमा नन्दनको बलमा पृथुले सलिपमा उत्कृष्ट क्याच गर्दै लोकेशलाई आउट गराए । लोकेशले २३ रन बनाए ।

त्यसपछि भिमलाई साथ दिन राजेश पुलामी मगर क्रिज पुगे । एक छेउबाट टिमको इनिङ्स सम्हाल्ने प्रयास गरेका भिम पनि २२औं ओभरमा आउट भए । उनलाई २२औं ओभरको तेस्रो बलमा बागमतिका तिलक भण्डीले विकेटकिपर आकाश थापाबाट क्याचआउट गराए । ६१ बल खेलेका भिमले ५ चौका र १ छक्का मद्दतमा ४० रन जोडे । भिम आउट भएपछि आर्मी ८१-५ को अवस्थामा पुग्यो ।

कप्तान विनोद भण्डारी सातौं नम्बरमा ब्याटिङ गरेका थिए । २७औं ओभरको चौथो बलमा विनोद १० रन बनाएर आउट भए । बागमतिका विपिन आचार्यले आफ्नो पहिलो ओभरमै आर्मीका कप्तानलाई नन्दन यादवबाट क्याचआउट गराए । विनोदले १९ बल खेल्दै १० रन बनाए ।

१०६-६ को अवस्थामा रहेको आर्मीको इनिङ्स उकास्न राजेश पुलामी मगर र विक्रम सोबले अघि बढाए । यी दुईले सातौं विकेटका लागि ९२ रनको साझेदारी गरे । यस संस्करणमा सातौं विकेटको लागि यो सर्वाधिक रनको साझेदारी हो । प्रधानमन्त्री कपमाको पहिलो संस्करणमा पश्चिमाञचलबाट खेल्दै सौरभ खनाल र विधान श्रेष्ठले सातौं विकेटका लागि अविजित ९८ रनको साझेदारी गरेका थिए ।

४६औं ओभरको तेस्रो बलमा बागमतीका रामनरेश गिरीले राजेश र विक्रम सोबको पार्टनरसिप तोडे । सोबले ५८ बल खेल्दै ३ चौका मद्दतमा ३५ रन बनाए ।

आर्मीका लागि सर्वाधिक रन बनाएका राजेश पुलामी अन्तिम ओभरको चौथो बलमा आउट भए । उनले ९१ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा ६५ रन बनाए । छैटौं बलमा शहाब आलम शून्यमा आउट भए । दुवै विकेट गौतम केसीले लिए ।

बलिङमा बागमतीका लागि गौतम केसीले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै १ मेडन राखेर ६१ रन खर्चिए ।

रामनरेश गिरी, नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले १-१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment