+
+

संवैधानिक इजलासमा नेकपा सांसदको प्रश्न : प्रधानमन्त्रीलाई कहाँ असहयोग भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १५:४३

१५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाई भइरहेको संवैधानिक इजलासमा नेपाल कम्युनिस्ट पार्टीका सांसदले प्रधानमन्त्रीलाई कसरी दलबाट असहयोग भयो भनी प्रश्न सोधेका छन् ।

केही दिनअघि न्यायाधीश अनिलकुमार सिन्हाले प्रधानमन्त्रीलाई उनको दलले किन सहयोग गरेन भनी प्रश्न सोधेका थिए ।

उक्त प्रश्नको जवाफ दिँदै रिट निवेदकसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले इजलासमा कहाँ असहयोग भयो भनी प्रतिप्रश्न गरेका हुन् ।

सरकारले संसदमा ल्याएका चिकित्सा शिक्षाबाहेक अरु सबै विधेयक जस्ताको तस्तै पारित भएको उनले बताए ।

‘मेरै समितिबाट १५६ वजटा कानुन जस्ताको तस्तै पारित भएको छ’ संसदको कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिसमेत रहेका पोखरेलले भने ‘सत्य निरुपण आयोगको म्याद थप्ने जस्ता सरकारले ल्याएका हरेक प्रस्ताव पारित भएको छ ।’

उनले अघि प्रश्न गरे ‘हामीले प्रधानमन्त्रीलाई कहाँ सहयोग गरेनौं, त्यस्तो कुनै (अवस्था) छैन, जहाँ हामीले असहयोग गरेको होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?