+
+
Shares

ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ १५ गते १८:१७

१५ माघ, चितवन । चितवनमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको मनरा सिसुवा नगरपालिका-९ बस्ने ३२ वर्षीय आनन्द झा रहेका छन् ।

पूर्वीचितवनको राप्ती नगरपालिका-१ पिप्लेस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आइरहेको प्रदेश न.०२-०२-००१ प ५१०४ नम्बरको मोटरसाइकलाई सोही दिशाबाट आइरहेको ना ६ ख ६२८६ नम्बरको ट्रकले बिहीबार दिउँसो ठक्कर दिँदा उनी घाइते भएका थिए । उनको उपचारको क्रममा भरतपुर अस्पतलामा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मोटरसाइलको पछाडि बस्ने धनुषा जनकनन्दनी गाउँपालिका-४ बस्ने २२ वर्षीया स्वेता झा घाइते भएकी छिन् । उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक र चालक नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?