Comments Add Comment

प्रेरणा र सलाेनीकाे जाेडी क्वाटरफाइनलमा पराजित

१६ माघ, काठमाडौं । नेपाली खेलाडी प्रेरणा कोइराला र सलाेनी तामाङकाे जाेडी केन्यामा भइरहेको जे फोर आइटिएफ टेनिस सर्किट टु अन्तर्गत गर्ल्स डबल्समा क्वाटरफाइनलमा पराजित भएको छ ।

नैरोबीमा बिहीबार भएको क्वाटरफाइनल खेलमा प्रेरणा र सलोनीको जोडी रसियाका ओल्गा मिसिनेना र ग्रेट ब्रिटेनकी मारिया उस्तिकको जोडीसँग पराजित भएको हो।

रोमाञ्चक खेलमा पहिलो सेट ओल्गा र मारियाका जोडीले ६-३ ले जितेका थिए । दोस्रो सेटमा  प्रेरणा र सलोनीले पुनारगमन गर्दै ६-३ ले आफ्नो पक्षमा पारे खेललाई निर्णायक सेटसम्म पुर्‍याए । तर अन्तिम सेट ओल्गा र मारियाले  १०-५ ले आफ्नो पक्षमा पार्दै खेल जिते ।

त्यसअघि  प्रेरणा र सलोनीको जोडीले पहिलो चरणमा बुल्गेरियाकी एम्मा फान्टोउसिस र ग्रेट ब्रिटेनकी अन्जली कोटेचाको जोडीलाई ६-२, ६-२ ले पराजित गरेका थिए । यस्तै दोस्रो चरणमा फ्रान्सका लिए बाथेलिए र टिएनसोए साराह राकोतोमान्गाको जोडीलाई राेमाञ्चक खेलमा ६-२, ३-६, ११-९ ले पराजित गरेका थिए  ।

सिंगल्सतर्फ भने प्रेरणा र सलाेनी दुबै पराजित भइसकेका छन् । यसअघि केन्यामै भएको जे फोर सर्किट वान अन्तर्गत प्रेरणा सिंगल्सतर्फ दोस्रो चरणमा पुगेर पराजित भएकी थिइन् भने सलोनी पहिलो चरणमा पराजित भएकी थिइन् । यस्तै गर्ल्स डबल्समा प्रेरणा र सलोनीको जोडी सेमिफाइनलसम्म पुगेका थिए ।

अब फेब्रुअरी १ देखि नेपालमा जे फाइभ टेनिस प्रतियोगिता हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment