
१६ माघ, काठमाडौं । नेपाल नागरिक समाजले प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले गरेको संसद विघटनप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै नागरिक समाजका अध्यक्ष खेमराज रेग्मी र महासचिव डीपी अर्यालले आफ्नो असफलता र अकर्मण्यता लुकाउन प्रतिनिधि सभा विघटन गरेको भन्दै यसको विरोध गरेको हो ।
नेपाली जनताको लामो संघर्ष र बलिदानी पश्चात् स्थापित संविधान सभाद्वारा निर्मित नेपालको संविधानको मर्मस्थलमा नै प्रहार हुने गरी संसद विघटन गर्नु ओलीको अधिनायकवादी कदम रहेको ठहर गरेको छ ।
संविधानका धाराहरुको जालसाझीपूर्ण अपव्याख्या गरी सार्वभौम जनताको प्रतिनिधि मुलक संस्थाको अवसान गराउन उद्धत ओलीको स्वेच्छाचारी प्रवृत्तिको भत्र्सना गर्दै प्रतिनिधि सभाको पुनस्र्थापनाको लागि सचेत र सक्रिय रहन सम्पूर्णमा अपील पनि गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4