Comments Add Comment

लागूऔषधसहित दुईजना पक्राउ

१६ माघ, वीरगञ्ज । पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका–३ हरिहरपुर विर्ताका ३० वर्षीय प्रेम हजरा र मकवानपुरको हेटौंडा–१२ बस्ने २५ वर्षीय साजत थिङ रहेका छन् ।

हजरालाई लागूऔषध गाँजा र चरेससहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए । शंका लागि चेकजाँच गर्दा हजराको घरबाट १ किलो १ सय ग्राम गाँजा र ७ सय ग्राम चरेस बरामद भएको उनले बताए ।

शुक्रबार दिउँसो २ बजेतिर वीरगञ्ज –१६ रजतजयन्ती चोकबाट थिङ पक्राउ परेका हुन् ।

भारतको रक्सौलबाट वीरगञ्ज तर्फ आउँदै गरेको ना. २५ प ४२१६ नं. को स्कुटीमा सवार थिङको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ । चेकजाँचका क्रममा थिङको साथबाट विंग्स वायोटेक अनरेक्स १ सय एमएलको १ सय बोत्तल, नुफिन, फेनार्गन, डाइजोपाम १५२/१५२ एम्पुल गरी ४५६ एम्पुल, नाइट्राभेट ३० ट्याब्लेट बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment