+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चामल किलामै १० रुपैयाँ बढ्यो, धेरै तरकारीको भाउ यथावत

नवीन ढुंगाना नवीन ढुंगाना
२०७७ माघ १६ गते २०:१०

१६ माघ, काठमाडौं । दैनिक उपभोग्य खाद्य वस्तुहरुको मूल्यमा यो साता पनि उतारचढाव आयो । सर्वसाधारणको भान्सामा जरुरी चिनी, खाने तेल र चामलको मूल्य ब्यापारीहरुले यो साता पनि बढाएका छन् ।

साताभर हरियो मौसमी तरकारीमा काउलीको मूल्यमा दोब्बर बढेको छ भने गोलभेडा, बन्दालगायतका तरकारीको मूल्य स्थिर छ । माछा र खसीको मासुको मूल्य स्थिर रह्यो भने कुखुराको मासुको मूल्य केही घटेको छ । जाडो मौसममा धेरै खोजी हुने हुनाले यो साता पनि खसीको खुट्टाको माग धान्न नसकेको मासु व्यवसायीहरु बताउँछन् ।

हरियो तरकारी थोक मूल्य

यो साता काउलीको मूल्य दोब्बरले बढेको छ । कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार गत आइतबार थोक बजारमा ८ देखि १० रुपैयाँसम्ममा कारोबार भएको काउली शुक्रबार १८ देखि २० रुपैयाँमा कारोबार भएको छ ।

त्यसबाहेक भान्सामा अत्यधिक मात्रामा प्रयोग हुने आलु, बन्दा, घिउसिमी, हरियो धनिया र गोलभेडाको मूल्य भने साताभर यथावत रहेको ब्यवसायी योगेन्द्र ढुंगानाले बताए ।

साताभर प्रमुख हरियो तरकारीको मूल्य

क्र.सं तरकारीको नाम थोक मूल्य किलोमा
रातो आलु २५–३०
सेतो आलु १६–१८
काउली खानीखोला २५
चितवन र मकवानपुर १८ २०
बन्दा १५
घिउसिमी ७०–८०
हरियो धनिया ७०–८०
गोलभेडा २२–२२
कांक्रो स्थानीय ११०
सुकेको प्याज भारतीय ६०–७०

माछा मासु

यो साता ब्रोइलर कुखुराको मासुको मूल्य किलोमा २० रुपैयाँसम्म घटेको छ । अनलाईनखबरले संकलन गरेको खुद्रा मूल्यअनुसार आइतबार ३८५ रुपैयाँ किलोमा बिक्री भएको ब्रोइलर कुखुराको मासु शुक्रबार प्रतिकिलो ३६५ मा कारोबार भएको छ ।

खसीको मासु १२ सय रुपैयाँमा कारोबार भएको छ । जाडोका कारण खसीको खुट्टाको खोजी भने धेरै रहेको मासु व्यवसायी पूर्णबहादुर श्रेष्ठले बताए । यस्तै माछा स्थानीय बजारमा साताभर नै प्रतिकिलो ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

खाद्यान्न

भारतीय जिरा मसिनो चामलमा यो साता किलोमै १० रुपैयाँ वृद्धि भएको छ । प्रतिकिलो ५६ रुपैयाँमा पाइने यो चामल ६६ रुपैयाँमा होलसेल मूल्य कायम भएको राष्ट्रिय खुद्रा ब्यापार संघका सदस्य ध्रुब अधिकारीले बताए । त्यसबाहेक साताभर अन्य खाद्यवस्तुको मूल्यमा खासै फरक देखिएको छैन ।

पछिल्लो तीन महिनामा अचाक्ली वृद्धि गरिएको खाने तेलको मूल्य यो साता पनि यथावत रह्यो । तीन महिनादेखि बढेको तेलको सोही मूलयमा खरिद गर्न उपभोक्ता बाध्य भए । यस्तै दैनिक प्रयोगको अर्को महत्वपूर्ण वस्तु चिनीमा पनि होलसेल व्यापारीले प्रतिकिलो दुई रुपैयाँले मूल्य बढाएका छन् । ७८ रुपैयाँ चिनीको मूल्य सरकारले तोके पनि बजारमा थोक मूल्य ८० पुगेको र खुद्रा मूल्य ८५ रुपैयाँ कायम भएको खुद्रा व्यापार संघले जनाएको छ । साताभरको प्रमुख खाद्यन्नको मूल्य सूची यस्तो छ

बजार नियमन शून्य

कानुनले स्वच्छ बजार कायम गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, खाद्यप्रविधि तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय र सबै स्थानीय तहलाई दिएको छ ।

केही खाद्य वस्तुमा नियोजित रुपमा उद्योगी र व्यापारीले मूल्य बढाएका छन् । तर यो साता वाणिज्य विभागले केही कर्मकाण्डी अनुगमनबाहेक अरु कुनै पनि निकायले स्वच्छ बजारका लागि काम गरेनन् ।

केन्द्र सरकार र कर्मचारी प्रशासनका निकाय जनताप्रति उत्तरदायी भएनन् नै निर्वाचित जनताको प्रतिनिधिमूलक स्थानीय निकायसमेत स्वच्छ बजार र कालोबजारी नियन्त्रणमा लागेको पाइएन ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?