Comments Add Comment
प्रधानमन्त्री कप क्रिकेट :

कमल बेस्ट प्लेअर, विवेकलाई इमर्जिङ अवार्ड

काठमाडौं । फास्ट बलर कमल सिंह ऐरी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी ( बेस्ट प्लेअर) चुनिएका छन् ।

शनिबार भएको फाइनलमा एपीएफ आर्मीसँग पराजित भएपनि त्यही टिमका कमल ६ खेलमा १० विकेटका साथ बेस्ट प्लेअर घोषित भए । प्रतियोगितामा दुई पटक म्यान अफ दि म्याच भएको कमल त्यही अंकका आधारमा बेस्ट प्लेअर बनेका हुन् ।

कमल सर्वाधिक विकेट लिनेमा चौथो स्थानमा छन् । उनी भन्दा धेरै विकेट लिनेमा एपीएफकै अभिनाश बोहरा आर्मीका शहाब आलम र बागमतीका गौतम केसी छन् ।  बोहराले १४, आलमले १२ र केसीले ११ विकेट लिएका थिए ।

यस्तै ब्याटिङतर्फ बागमतीका पृथु बास्कवटाले सर्वाधिक २१४ रन बनाएका थिए । एपीएफकै आसिफ शेखले २०६ र आर्मीका राजेश पुलामी मगरले २०४ रन बनाएका थिए ।

तर प्राविधिक कमिटीले तयार पारेको अंकको आधारमा कमल उत्कृष्ट घोषित भए । कमलले ६ खेल खेल्दा ५३ ओभर बलिङ गर्दै ५ मेडन राखेर १८१ रन खर्चिएका थिए । उनले समूह चरणमा गण्डकी विरुद्ध लिएको ४ विकेट उतकृष्ट प्रदर्शन थियो । उक्त खेलमा म्यान अफ दि म्याच भएका थिए ।

यस्तै समूह चरणमा आर्मी विरुद्धको खेलमा पनि ३ विकेट लिएर म्यान अफ दि म्याच घोषित भएका थिए ।

यस्तै च्याम्पियन टिम त्रिभुवन आर्मी क्लबका स्पिनर साहब आलम प्रतियोगिता उत्कृष्ट बलर चुनिए । साहबले ५ खेलमा १२ विकेट लिए । आर्मीलाई उपाधि जिताउन साहबले फाइनलमा एपीएफविरुद्ध उत्कृष्ट प्रर्दशन गर्दै ३ विकेट लिए । आलमले ५ खेल खेल्दै ४५.४ ओभर बलिङ गर्दा ८ मेडन राखेर १५२ रन खर्चिए ।

बागमती प्रदेशका पृथु बास्कोटा प्रतियोगिता उत्कृष्ट ब्याट्सम्यान घोषित भए । ५ खेलमा २१५ रन बनाएका पृथु सर्वाधिक रन बनाउनेमा शीर्ष स्थानमा रहे ।  पृथृले सेमिफाइनलसम्म ५ खेल खेल्दा २२ चौका र ७ छक्का समेत प्रहार गरेका थिए ।

यस्तै प्रदेश २ का युवा खेलाडी विवेक यादवले ईमर्जिङ प्लेअरको अवार्ड पाए । प्रदेश २ समूह चरणका चारवटै खेल हार्दै बाहिरिए पनि विवेकले भने प्रंशसा गर्न लायक प्रदर्शन गरे ।

विवेकले समूह्य चरणमा चार खेल्दा २ अर्धशतकसहित १६७ रन बनाएका थिए । उनी सर्वाधिक रन बनाउनेमा आठौं स्थानमा रहे ।  समूह चरणमा उनले ४ विकेट समेत लिए । जसमा पुलिस क्लब विरुद्ध उनले ३ विकेट लिएका थिए ।

कसले कति पुरस्कार  पाए ?

ईमर्जिङ प्लेअर : विवेक यादव, प्रदेश २ (१५ हजार  )

बेस्ट बलर : शहाब आलम, त्रिभुवन आर्मी (२५ हजार)

बेस्ट ब्याट्सम्यान : पृथु बास्कोटा, बागमती प्रदेश (२५ हजार)

बेस्ट प्लेअर : कमल सिंह ऐरी  (५० हजार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment