१९ माघ, काठमाडौं । नेपाली क्रिकेट टिमले कतारमा खेल्ने भनिएको टी–२० सिरिज अन्यौलमा परेको छ ।
कतार क्रिकेट एसोसिएसनले फेब्रुअरी दोस्रो साता टी–२० सिरिज अयोजना गर्ने बताएको थियो, जसमा नेपाल र कतारबीच फ्रेबुअरी ९, १० र १२ मा खेल हुने थियो ।
सिरिजका लागि नेपालले १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको थियो । आज सोमबारदेखि त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा बन्द प्रशिक्षक सुरु हुनुपर्ने थियो । तर बन्द प्रशिक्षण सुरु भएन । तत्काल कतारमा सिरिज नहुने सम्भावना बढेकाले प्रशिक्षण रोकिएको क्यान सचिव अशोकनाथ प्याकुरेलले बताए ।
‘कतार सरकारले कोरोनासम्बन्धी नयाँ प्रोटोकल बनाउन सक्ने देखिएको छ, त्यसो भएमा सिरिज सर्न सक्छ’ प्याकुरेलले भने, ‘नयाँ जानकारी आएपछि हामी सार्वजनिक गर्छौं ।’
बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू :
विनोद भण्डारी, सन्दिप जोरा, आसिफ शेख, कुशल भुर्तेल, सागर ढकाल, विवेक यादव, सौरभ खनाल, भुवन कार्की, कुशल मल्ल, लोकेश बम, कमलसिंह ऐरी, अभिनास बोहरा, दीपेन्द्रसिंह ऐरी, पवन सरार्फ, कृष्ण कार्की, सोमपाल कामी, करण केसी र शाहब आलम
प्रतिक्रिया 4