Comments Add Comment

खानपानका केही सर्त

खान नपाएर भन्दा बढी खान नजानेर मर्छन् । स्वास्थ्यका लागि अस्पताल जति अपरिहार्य छ, त्यो भन्दा बढी खानपान । किनभने खाना नै रोगमुक्त बनाउने । त्यही खाना हो, रोगी बनाउन । खानालाई सही, सन्तुलित र स्वस्थ्यकर ढंगले खाइयो भने त्यसले निरोगी राख्छ । खानालाई जथाभावी खाइयो भने त्यसले शरीरलाई रोगको भण्डार बनाउँछ ।

सुन्दा अप्रिय लाग्छ, तर हामीलाई खान नै आउँदैन ।

जनस्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने खानपानप्रति हामी सचेत छैनौं । सबैले स्तरिय होटल, रेष्टुरेन्टकै खानुपर्छ भन्ने कुरा होइन । हामी आफ्नै घरको खानेकुरामा पनि लापरबाही छौं ।

खाना खाने जिब्रो र पेट दुबैको लागि हो । हामीले प्लेटमा खाना राख्दै गर्दा हेक्का राख्नुपर्छ कि, त्यो आमाशयमा पुग्छ । मुखबाट चपाएदेखि नै त्यसले पाचन प्रक्रियाको विभिन्न चरणबाट गुज्रनुपर्छ । अन्त्यामा खानेकुराको पोषक तत्व शरीरको अवयवयहरुमा पुग्छ । बाँकी कुरा मलको रुपमा निष्कासन हुन्छ ।

यस हिसाबले सोच्ने हो भने, हामी स्वस्थ्यकर खानामा जोड दिन्छौं । पोषिलो खानेकुरा रोज्छौं । साथसाथै, शरीरलाई जति आवश्यक छ, त्यतीमात्र खान्छौं ।

खानु भनेको पेट भर्नु मात्र होइन । खानु संस्कृति पनि हो । उत्सव पनि हो । परिवारका सदस्य एकसाथ बसेर रमाइलो गर्दै खाने संस्कार कतिपय समुदायमा छ । यस्तो फुड कल्चरलाई हामीले पनि पछ्याउनुपर्छ ।

किन खाने ?

खाना किन खाने त ?

धेरैलाई लाग्छ, अघाउनका लागि । पेट भर्नका लागि । त्यही कारण, हामी जसरी हुन्छ पेट भर्ने ध्याउन्नमा हुन्छौं । जबकी खाना खानु भनेको समग्र स्वास्थ्यका लागि अति महत्वपूर्ण कुरा हो । खानाको सोझो साइनो शरीरसँग छ । शरीरको साइनो मन र मस्तिष्कसँग छ । शरीरका यी सबै वयवयहरुलाई चुस्त, दुरुस्त राख्नका लागि हामीले स्वस्थ्य खानपान गर्नुपर्छ । सन्तुलित र सही ढंगले ।

किन सही ढंगले त ?

किनभने हामीसँग खानेकुरा खाने ढंग पनि छैन । सुन्दा अप्रिय लागेपनि यो सत्य कुरा हो । हामीलाई खान नै आउँदैन ।  हाम्रा पौराणिक ग्रन्थ, शास्त्रहरुले हामीलाई खाना खान सिकाएको छ । कसरी बस्ने, कसरी खाने, खाने बेला के गर्ने, के नगर्ने ?

तर, त्यसलाई हामीले आडम्बर मानेर अस्विकार गरिरहेका छौं । आधुनिक सभ्यताले पनि त्यही कुरा दोहो¥याएको छ, जो हाम्रो पौराणिक शास्त्रहरुले भनेका थिए । खाना खानु भनेको स्वाद र स्वास्थ्य दुबैको लागि हो । त्यसैले खाना सेवन गर्दा शुद्ध चित्तले खानुपर्छ भनिएको हो । प्रशन्न मनले । आनन्दित हुनेगरी । तृप्त हुनेगरी ।

पाककला

खानामा सधै भेराइटी हुनुपर्छ भन्ने छैन । सधै मासु हुनुपर्छ भन्ने छैन । दाल, अचार हुनुपर्छ भन्ने छैन । चाहे गुन्द्रुक मात्र किन नहोस्, त्यसलाई सही तरिकाले बनाउनु पर्छ । बिहान गुन्द्रुक खाए, साँझमा दाल खाने । अर्को छाकमा तरकारीमै रस हालेर खाने । हरेक छाकमा नयाँ नयाँ स्वाद फेर्ने ।

बिहान जिरा फुराएर दाल झानियो भने, राती तोरीमा । यसले स्वादमा केहि नयाँपन दिन्छ । बिहान आलु र साग पकाइयो भने, राती राजमा ग्रेभी पकाउन सकिन्छ ।

खाना खाने, पस्कने कुरामा पनि कला मिसाउन सकिन्छ । वास्तवमा भन्ने हो भने, खाना पकाउनु भनेको पनि एक किसिमको कला हो । त्यसैले त यसलाई ‘कुलिनरी आर्ट’ पनि भनिन्छ ।

खानपान शिष्टचार

यसलाई आधुनिक समाजले ‘डाइनिङ म्यानर’ भनेका छन् । यो भनेको खाना कसरी खाने भन्ने सभ्यताको कुरा हो ।

खानपान शिष्टचारले नै हामी कति सभ्य छौ भनेर देखाउँछ । किनभने खाना खानु भनेको जीवनको आधारभूत कुरा हुन् । खाना खानैपर्छ भन्ने भएपछि खाना कसरी खाने भन्ने कुरामा पनि ज्ञान हुनुपर्छ ।

हामी आफ्नो प्लेटमा त्यही खाना राखौं, जो हामीलाई पच्छ । स्वादिलो लाग्छ ।  प्लेटमा त्यती नै खान राखौं, जति हामीलाई आवश्यक छ ।

प्लेटमा थोरै चामल राखौं, थोरै दाल, थोरै गेडागुडी, थोरै, सागपात, केहि टुक्रा मासु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment