Comments Add Comment

दीपेन्द्रका फिल्ममा मानविय संवेदना र भोगाइको कथा

निर्देशक दिपेन्द्र के खनालको परिचय चलचित्र क्षेत्रमा छुट्टै छ । चलचित्रमा मानविय संवेदना भरेर दर्शकलाई जोड्न सिपालु मानिएका दिपेन्द्रले निर्देशन गरेको चलचित्र ‘आमा’ले युटुबमा उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ ।

चलचित्रले पाएको प्रतिक्रिया र आफूलाई आइरहेका फोनहरुले दिपेन्द्र खुशी छन् । साथै, उनमा दबाब पनि महशुश भैरहेको छ ।

अनलाइनखबरसँग कुरा गर्दै दीपेन्द्रले भने–‘मैले चलचित्र नै भन्दै आएको कुरा के हो भने, चलचित्र समाज र जीवनसँग जोडिन्छ । चलचित्र मनोरञ्जनको साधन मात्र होइन । चलचित्रले धेरै कुरा परिवर्तन राख्छ । यो त विश्वमा नै देखिएको कुरा हो । अहिले आमाबाट पाएको प्रतिक्रियाले आफू सही बाटोमा छु भन्ने मलाई लागेको छ । मैले बनाएको चलचित्रले कसैको जीवनमा प्रत्यक्ष असर पर्यो भन्ने लागेको छ ।’

दीपेन्द्रले आफूलाई ‘आमा’ युटुबमा आएपछि विदेशबाट अत्याधिक फोन आएको बताए । उनले भने–‘कति दर्शकहरु त फोनमै रुनुहुन्छ । उहाँहरु रुँदा म पनि रोएको छु । आफ्नो जीवनसँग चलचित्रको कथा मिल्यो भनेर धेरै दर्शकले भन्नुभएको छ । वाध्यताका कारण विदेशमा रहँदा आफ्नो आमा प्रतिको कर्तव्य आफूले पुरा गर्न नसकेको हो कि भन्ने महशुश केही दर्शकमा भएको रहेछ । चलचित्रले मानिसको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ भन्ने मेरो सोच सत्य भएको छ ।’

दीपेन्द्रका अनुसार, नेपाली चलचित्र नहेर्ने वर्गलाई पनि ‘आमा’ले छोएको छ । उनले भने–‘निरन्तर चलचित्र नहेर्ने दर्शकलाई पनि चलचित्रले छुनु भनेको चलचित्र क्षेत्रलाई नै फाइदा हो । चलचित्रको ज्ञान भएका मानिसहरुले ध्यान दिएर चलचित्र हेरेर प्रतिक्रिया दिदा आगामी दिनमा चलचित्र क्षेत्रलाई ठूलो फाइदा हुन्छ ।’

हिजोआज दीपेन्द्रको निन्द्रा हराएको छ । उनलाई डर लाग्न थालेको छ । उनी भन्छन्–‘मलाई दबाब महशुश भैरहेको छ । आमा जस्तै चलचित्र फेरि बनाउन सक्छु या सक्दिनँ भन्ने सोचले मेरो निन्द्रा पनि गायब छ ।’

दीपेन्द्रले मनदेखि बनाएका ‘पशुपति प्रसाद, आमा’ जस्ता चलचित्रले दर्शकको मन छोएका छन् । यी चलचित्र दर्शकको जीवनसँग जोडिएका छन् । जसलेगर्दा, नयाँ चलचित्र ‘चिसो मान्छे’ पनि देशको चिसो कथामा बनाउने तयारीमा छन्, खनाल । उनी भन्छन्–‘म मेरा हरेक चलचित्रमा मानविय संवेदनालाई सधै जोड्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment