Comments Add Comment

सुर्खेतमा कांग्रेसका भ्रातृ संगठनद्वारा विरोध प्रदर्शन

१९ माघ, सुर्खेत । नेपाली कांग्रेसका १३ वटा भ्रातृ संगठनहरुले संसद विघटनको विरोधमा सोमबार सुर्खेतमा संयुक्त प्रर्दशन गरेका छन् । संसद विघटनमार्फत सर्वसत्तावाद उन्मुख कदम, चरम भ्रष्टाचार, कुशासनको विरोधमा उनीहरुले विरोध प्रर्दशन गरेका हुन् ।

ओली सरकार अलोकतान्त्रिक बाटोमा हिँड्न खोजेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्का नाराबाजी समेत गरेका थिए ।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर देशलाई संकटतर्फ लगेको बताए । उनले संविधान र लोकतन्त्र बचाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको भन्दै आन्दोलनलाई जारी राख्ने बताए । ओली सरकार तानाशाहकै रुपमा यसरी अगाडि बढ्दै गए धेरै दिन टिक्न नस्कने उनको तर्क थियो ।

पूर्वमन्त्रीसमेत रहेका नेता थानीले निर्वाचनबाट कहिले पनि नडराउने भन्दै आगामी वैशाखमा चुनाव गरेर देखाउन प्रधानमन्त्री ओलीलाई चुनौती दिए ।

कार्यक्रममा नेपाली कांग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले नेकपा सत्ताको जित–हारको लडाइँका कारण जनताले दुःख पाउनुपर्ने अवस्था आएको जिकिर गरे ।

कार्यक्रममा पूर्वराज्यमन्त्री खड्कबहादुर बस्यालले संविधानलाई नै हत्या गर्ने गरी ओली सरकारले चालेको कदमको विरुद्धमा आन्दोलन गर्नु परेको बताए ।

कार्यक्रममा सहभागी नेताहरुले सरकारकै संरक्षणमा भ्रष्टाचार भइरहेको भन्दै गल्ती गर्नेलाई सरकारले नै संरक्षण दिइरेको आरोप समेत लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment