+
+

इरानको आग्रह : न्युक्लियर सम्झौतामा फर्किन सहकार्य गरौं

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २० गते १२:४६
Photo Credit : Reuters

२० माघ, काठमाडौं । इरानले सन् २०१५ मा भएको न्युक्लियर सम्झौतामा फर्किन अमेरिकासहित सबै मुलुकलाई सहकार्य गर्न आग्रह गरेको छ । इरानका विदेशमन्त्री मोहम्मद जाभाद जरिफले सोमबार सीएनएनसँगको अन्तर्वार्ताको क्रममा यस्तो बताएका हुन् ।

जरिफले अहिलेको अवस्थामा कि एकसाथ आउने वा समन्वय गरेर अघि बढ्नुपर्ने अवस्था रहेको बताएका हुन् । अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले इरानसँगको न्युक्लियर सम्झौतामा फर्किनुपर्नेमा जोड दिँदै आएको छ । तर, इरानले भने अमेरिकाले प्रतिबन्ध नहटाएसम्म उक्त सम्झौतामा फर्किने सम्भावना नरहेको बताएको थियो ।

सन् २०१५ मा भएको सम्झौताअनुसार इरान आफ्नो न्युक्लियर कार्यक्रम सीमित पार्न सहमत भएको थियो । साथै अमेरिकाले पनि इरानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो ।

सोमबार सीएनएनसँगको अन्तर्वार्तामा इरानी विदेशमन्त्री जरिफले अमेरिका उक्त सम्झौता पालना गर्न तयार हुनुपर्ने र त्यसका लागि इरान पनि तयार रहेको बताए । राजनीतिक विश्लेषकहरुले पनि अमेरिकालाई इरानसँग भएको न्युक्लियर सम्झौतामा सामेल हुन आग्रह गरेका छन् । तर, अमेरिकाले भने इरानले माग गरेजस्तो तत्कालै प्रतिबन्ध हटाई न्युक्लियर सम्झौतामा नफर्किने बताएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?