
२० माघ, सप्तरी । भारतबाट अवैध रुपमा भित्र्याएको भन्दै सप्तरीबाट ५० थान भेडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ८ गम्हरिया प्रबाहबाट सशस्त्र प्रहरीले भेडा नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी पोष्ट पातोको टोलीले नियन्त्रणमा लिएको ७ लाख मूल्य बराबरको उक्त भेडालाई जिल्ला भन्सार कार्यालय तिलाठी पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4