Comments Add Comment

साउथह्याम्पटनो पोष्टमा म्यानचेष्टर युनाइटेडको ९ गोल

२१ माघ, काठमाडौं। प्रिमियर लिग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेडले साउथह्याम्पटनलाई ९-० को फराकिलो अन्तरले पराजित गरेको छ ।

युनायटेडको घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टनका दुई खेलाडीले रातो कार्ड पाएका थिए । युनाइटेडका लागि एन्टोनी मार्सियलले दुई गोल गर्दा ७ फरक खेलाडीले गोल गरे । साउथह्याम्पटनका एक खेलाडीले आत्मघाती गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको दोस्रो मिनेटमा एलेक्सजेन्ड्रा जान्केविट्जले रातो कार्ड पाएपछि साउथह्याम्पटन १० खेलाडीमा समेटिएको थियो ।

१८औं मिनेटमा आरोन वान वासिकाले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । २५औं मिनेटमा मार्कुस रोफोर्डले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । ३४ औं मिनेटमा जान बेडनाराकले आत्मघाती गोल गर्दा युनाइटेडले ३-० को अग्रता बनायो । ३९ औं मिनेटमा एडिन्सन काभानीले गोल गरेपछि युनाइटेडले पहिलो हाफमा ४-० को अग्रता बनायो ।

दोस्रो हाफमा युनाइटेडले पाँच गोल थप्यो । एन्टोली मार्सियलले ६९ औं मिनेटमा, स्कट म्याकटोमिनेले ७१औं मिनेटमा गोल गरे ।

खेलको ८६ औं मिनेटमा जानले रातो कार्ड पाएपछि साउथह्याम्पटन ९ खेलाडीमा समेटियो । ८७औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ७-० को अग्रता दिलाए ।

९० औं मिनेटमा मार्सियलले व्यक्तिगत दोस्रो गोल गर्दा युनाइटेडको अग्रता ८-० पुग्यो । इन्जुरी समयमा डानियल जेम्सले गोल गरेपछि युनाइटेडले फराकिलो जित हात पारेको हो ।

प्रिमियर लिगको इतिहासमा युनाइटेडले दोस्रो पटक ९-० को जित हात पारेको हो । यसअघि सन् १९९५ मा इप्सविचविरुद्ध युनाइटेडले ९-० ले विजयी भएको थियो ।

साउथह्यामप्टनको भने लगातार दोस्रो सिजन ९-०को हार हो । गत सिजन साउथह्याम्पटन लेष्टरसँग ९-० ले पराजित भएको थियो ।

फराकिलो जितपछि युनाइटेडले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ । २२ खेलबाट ४४ अंक जोडेको युनाइटेड गोल अन्तरमा दोस्रो स्थानमै छ । सिटीले दुई खेल कम खेलेको छ ।

२१ खेलबाट २९ अंक रहेको साउथह्याम्पटन १२औं स्थानमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment