+

कतारमा विक्रमको सफल शल्यक्रिया

२०७७ माघ  २१ गते ९:१३ २०७७ माघ २१ गते ९:१३
कतारमा विक्रमको सफल शल्यक्रिया

२१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर विक्रम लामाको खुट्टाको सफल शल्यक्रिया भएको छ ।

थ्री स्टार क्लबका कप्तान समेत रहेका लामाको कतारको दोहामा रहेको अस्पेटार अस्पतालमा सफल शल्यक्रिया भएको हो ।

थ्री स्टारले विक्रमको शल्यक्रिया सफल भएको सामाजिक सञ्जालमार्फत जनाएको छ । यस्तै राष्ट्रिय टिमका फिजियो आभिष्कार पुडासैनीले विक्रम शल्यक्रिया गर्न ९० मिनेट लागेको जनाएका छन् ।

दुई वर्षअघि खुट्टा भाँचिएपछि उचार गरेर मैदान फर्केका विक्रमलाई फेरि चोट बल्झेपछि उपचारका लागि कतार गएका थिए ।

विक्रमसँगै फरवार्ड विमल घर्ति मगर पनि शल्यक्रियाका लागि कतार गएका थिए ।

दुवै खेलाडी अखिल नेपाल फुटबल संघ एन्फाको सहयोगमा शल्यक्रियाको लागि कतार गएका हुन् ।

विमलको शल्यक्रिया केहि दिन पछि गरिने छ ।

विक्रम लामा

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय