Comments Add Comment

संवैधानिक निकायहरुमा नियुक्ति बलमिच्याइँको पराकाष्टा : प्रचण्ड–माधव समूह

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले संवैधानिक निकायमा सरकारले बुधबार गरेको नियुक्ति बलमिच्याइँको पराकाष्टा भएको बताएको छ । र, त्यसको विरोधमा भोलि बिहीबार देशब्यापी आमहड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा ३२ पदाधिकारी नियुक्ति गरेका थिए । सरकार र राष्ट्रपति मिलेर असंवैधानिक र गैरकानुनी रुपमा संवैधानिक निकायहरुमा नियुक्ति गरेको भन्दै प्रचण्ड–माधव समूहले आकस्मिक रुपमा भोलि देशब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले संवैधानिक निकायहरुमा गरिएको नियुक्ति बल मिच्याँई र निरंकुशतन्त्रको पराकाष्टा भएको बताए । त्यसको विरोधमा आम अड्ताल गर्नु आफूहरुको बाध्यता भएको भन्दै उनले भने, ‘केही असहज स्थिति हुनेछ, यसका निम्ति पार्टीको तर्फबाट क्षमायाचना गरेका छौं ।’

संविधान र लोकतन्त्रको रक्षाका लागि यो स्वरुपको संघर्ष गर्नुपर्ने अवस्था आएको उनले बताए ।

हड्तालका क्रममा अत्यावश्यक सेवाका साथै परीक्षामा अवरोध नगर्ने संघर्ष समितिका सहसंयोजक पम्फा भुसालले बताइन् । परीक्षा दिन जाने विद्यार्थीहरुले प्रवेशपत्र देखाएर आफ्नो सवारी साधन ल्याउन पाउने संघर्ष समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment