Comments Add Comment

अख्तियारका आयुक्त गणेशराज जोशीले दिए राजीनामा

२१ माघ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त गणेशराज जोशीले राजीनामा दिएका छन् ।

विवादका बीच प्रमुख आयुक्त र दुई आयुक्त नियुक्त भएकै दिन जोशीले राजीनामा दिएका हुन् । नविनकुमार घिमिरेले अवकाश पाएपछि कार्यबाहक प्रमुख आयुक्तको जिम्मेवारीमा रहेका जोशीले अनलाइनखबरसँग भने, ‘राजीनामा दिएर म आयोगबाट विदा भइसकेँ ।’ यद्यपि उनले राजीनामा दिनुको कारण खुलाउन चाहेनन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले विज्ञप्ति जारी गरी आयुक्त जोशीले राष्ट्रपतिसमक्ष राजीनामा दिएको जानकारी दिएका छन् ।

यसअघि बुधबार विहान मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त तथा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई आयुक्त नियुक्त गरेकी थिइन् । प्रमुख आयुक्त राईले बुधबार नै पदभार सम्हालिसकेका छन् ।

राई पदभार ग्रहणका लागि पुग्दा आयुक्त सावित्री थापा गुरुङ भने उपस्थित थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment