Comments Add Comment

प्रधानन्यायाधीशले सोधे – भोलि आम हड्ताल भन्ने छ, आउने अवस्था छ कि छैन ?

२१ माघ, काठमाडौं । बिहीबार सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ हुने भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेको सुन्नमा आएको भन्दै प्रधानन्यायाधीशले मुद्दाका पक्षलाई भोलि आउन सक्नुहुन्छ भनी सोधे ।

बुधबारको इजलासको अन्त्यमा उनले नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई सोधे ‘भोलि आम हड्ताल भन्ने कुरा आयो, आउन सकिने अवस्था छ कि छैन ?’

पाण्डेयले आफूहरु आउन सक्ने बताए ।

त्यसपछि प्रधानन्यायाधीश जबराले भने ‘हामी त यहाँ आइहाल्छौं, तपाईहरु त आइहाल्नुहुन्छ, त्यसमा केही व्यवस्था गर्नुपर्ने छ र ?’

मुद्दाका पक्षहरु अदालत आउने बताएपछि जबराले भोलि पनि संसद विघटनको मुद्दामा बहस हुने भएको छ ।

नायब महान्यायाधिवक्ता पाण्डेयको बहस नसकिएकाले बिहीबार पनि उनले नै बहस गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment