+

दी हन्ड्रेडमा ओभलले रिटेन गर्‍यो सन्दीपलाई

२०७७ माघ  २१ गते १९:०१ २०७७ माघ २१ गते १९:०१
दी हन्ड्रेडमा ओभलले रिटेन गर्‍यो सन्दीपलाई

२१ माघ, काठमाडौं । इंग्ल्याण्डमा हुने दी हन्ड्रेड क्रिकेट प्रतियोगितामा नेपाली लेगस्पिनर सन्दीप लामिछानेलाई ओभल इन्भिन्सिबल्सले रिटेन गरेको छ ।

कोरोना भाइरसका कारण एक वर्षपछि सरेको प्रतियोगितामा ओभलले सन्दीपलाई रिटेन गरेको हो ।

ओभलले सन्दीपसहित कुल ११ खेलाडीलाई रिटेन गरेकाे हाे । सन्दीपलाई ओभलले सन्दीपलाई एक लाख पाउण्डमा अनुबन्ध गरेको थियो ।

सन्दीपसँगै ओभलले रिटेन गर्ने अरु खेलाडीमा साम बिलिङ, एलेकस ब्लाक, साम कुरान, टोम कुरान, लउरी इभान्स, विल ज्याक, सुनील नारायन, जेसोन रोय, नाथन सोटेर र रिसी टोप्ले छन् ।

यता अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ र मिचेल स्टार्कलाई वेल्स फायरले रिलिज गरिएको छ । एक लाख २५ हजार पाउण्डमा अनुबन्ध भएका दुबै खेलाडीलाई वेल्स रिलिज गरेको हो ।

यो प्रतियोगिताका लागि यो महिनाको अन्तिममा ड्राफ्ट हुँदैछ । जसका लागि रिलिज र रिटेन गर्ने खेलाडीको नाम सार्वजनिक गरिएको हो ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय