Comments Add Comment

साउनयता जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता

२३ माघ, गुल्मी । साउन महिनायता जिल्ला प्रहरी कार्यालय गुल्मीमा १५५ वटा मुद्दा दर्ता भएका छन् । यस आर्थिक वर्षको साउन महिनादेखि माघ महिनाको मध्यसम्ममा विभिन्न शिर्षकमा १५५ वटा मुद्दाहरु दर्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) प्रवीणलाल श्रेष्ठले बताए ।

दर्ता भएका मुद्दाहरुमध्ये ५५ वटा फर्छ्यौट भएका छन् । १ सयवटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

एसपी श्रेष्ठका अनुसार जिल्लामा कर्तव्य ज्यान मुद्दामा ४ वटा, ज्यान मार्ने उद्योगमा २ वटा, ज्यान सम्बन्धी मुद्दामा २ वटा, भवितव्य ज्यान मुद्दामा १९ वटा, फुटकर ज्यानमा १४ वटा मुद्दाहरु दर्ता छन् । त्यस्तै झुण्डेर आत्महत्या मुद्दामा ४८ वटा, आत्महत्या दुरुत्सहानमा २ वटा, बिष सेवन गरी आत्महत्या मुद्दामा ५ वटा छन् । यस्तै आत्महत्यामा १ वटा, जुवामा १ वटा, हातहतियार खरखजनामा १ वटा, चन्दासम्बन्धी कसुरमा १ वटा मुद्दा दर्ता छन् । अभद्र  व्यवहारमा २१ वटा, मानव बेचबिखन तथा ओसारपसार तथा जबरजस्तीकरणीमा १ वटा मुद्दा दर्ता छन् ।

यसैगरी वहुविवाहमा ५ वटा, वालविवाहमा १ वटा, जबरजस्तीकरणीमा १० वटा, जबरजस्ती करणी उद्योगमा ३ वटा मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । बाल यौन दुरुप्रयोग गर्न नहुनेमा १ वटा, अप्राकृतिक मैथुनमा १ वटा, सवारी ज्यानमा ५ वटा, सवारी अंगभंगमा १ वटा, सवारी दुर्घटनाबाट मृत्यु ( भवितब्य ) मा ४ वटा, आपराधिक उपद्र गरेको कसुर (आगो लगाएको) १ वटा, पशुपन्छी सम्बन्धी कसुरमा १ वटा मुद्दाहरु दर्ता भएका छन् ।

दर्ता भएका केही गम्भीर प्रकृतिका मुद्दाहरुमा थप अनुसन्धान भइरहेकाले छिट्टै फर्छ्यौट हुने क्रममा रहेको प्रहरी उपरीक्षक (एसपी) श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment