+
+
Shares

ब्राजिलका राष्ट्रपति बोल्सोनारोमाथि अनुसन्धान हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १२:४३

२२ माघ, काठमाडौं । ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोमाथि संसदीय अनुसन्धान सुरु हुने भएको छ । ब्राजिलका महाअभियोजकले राष्ट्रपति र स्वास्थ्यमन्त्रीमाथि महामारीलाई बेवास्ता गरेको विषयमा संसदीय अनुसन्धानको प्रक्रिया सुरु गरेका हुन् । ब्राजिलको मानुस सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणमा उनीहरुले बेवास्ता गरेको भन्दै महाअभियोजकले उनीहरुमाथि संसदीय कारबाहीको सुरुवात गरेका हुन् ।

अमेजनको घना जंगलको बीचमा अवस्थित मानुस सहर दोस्रो लहरको कोरोना संक्रमण फैलिएको थियो । जसबाट यो सहर निकै प्रभावित बनेको थियो । गत जनवरीमा यो सहरमा उल्लेख्य मात्रामा फैलिएको कोरोना संक्रमणको कारण मुलुकको अस्पतालहरुमा अक्सिजनको अभाव देखिएको थियो । जसको कारण मुलुकमा अक्सिजन आपूर्तिको लागि हवाई सेवाको प्रयोग गर्नुपरेको थियो ।

मानुस सहरमा कोरोनाको नयाँ प्रकार (भेरियन्ट) पनि देखिएको थियो । ब्राजिलमा कोरोना महामारी नियन्त्रणको लागि आवश्यक कदम नचालेको तथा भ्रम सिर्जना गरेको भन्दै बोल्सोनारोको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?