+
+
Shares

मांसाहारी आन्दोलन गर्छु भन्नेलाई चिडियाखानामा लगेर थुन्छु : गृहमन्त्री थापा

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १३:५०
फाइल तस्वीर

२३ माघ, काठमाडौं । नेपालक कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा गृहमन्त्री रामबहादुर थापाले नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चिडियाखानामा लगेर थुन्ने बताएका छन् ।

नारायणहिटी दरबारको प्रांगणमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै नेता बादलले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा थापाले भने, ‘मांसाहारी आन्दोलन गर्छु भन्नेलाई जावलाखेलमा लगेर थुन्छु ।’

नेकपा अध्यक्ष प्रचण्डले केही समय पहिले बोलेका मांसहारी आन्दोलनको आवश्यकता छ भन्ने तर्फ लक्षित गर्दै उनले भने, ‘मांसाहारी आन्दोलनलाई हाम्रो संविधान र कानुनले अपराध भन्छ ।’

मांसाहारी आन्दोलन गर्नेहरूप्रति सचेत रहन समेत गृहमन्त्री थापाले निर्देशन दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?