Comments Add Comment

संविधानमाथि एकपछि अर्को प्रहार भएकाले अदालत गएँ : सभामुख

२३ माघ, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले राज्य संयन्त्रका नेतृत्वबाट संविधानमाथि एकपछि अर्को प्रहार भएपछि आफू अदालतमा जानु परेको बताएका छन् ।

संवैधानिक निकायहरुमा भएका नियुक्तिविरुद्ध शुक्रबार सर्वोच्चमा रिट दायर गरेका सभामुख सापकोटाले संविधानको पालना, संरक्षण र संवर्द्धन गर्ने दायित्व बोकेका राज्य संयन्त्रका नेतृत्वबाट श्रृङ्खलाबद्ध रुपमा संविघान उल्लंघन गर्ने काम भएको बताए ।

संविधानको मर्म र भावना विपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर संवैधानिक निकायहरुमा पदाधिकारी सिफारिस गर्ने, प्रतिनिधिसभा भंग गर्ने र संसदीय सुनुवाइ विना संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेर संविधानमाथि एकपछि अर्को प्रहार भएको उनले बताए ।

यसले कानूनी शासन र संवैधानिक विकासमा अवरोध सिर्जना गरेको भन्दै उनले भने, ‘संविधानको रक्षार्थ संविधान र कानूनको अन्तिम व्याख्या गर्ने संवैधानिक अधिकार रहेको सर्वोच्च अदालतमा पुगेको छु ।’

तपाईले प्रचण्ड–माधव समूहको निर्देशनमा काम गरेको भन्ने आरोप छ नि भन्ने प्रश्नमा सभामुख सापकोटाले भने, ‘मैले संविधानको रक्षा र प्रतिनिधिसभाको हितका लागि काम गर्ने हो । त्यसलाई कसलाई फाइदा पुग्छ, कसलाई घाटा पुग्छ भन्ने हेर्ने होइन ।’

संसद बैठक बेलाउने विषयमा सोधिएको प्रश्नमा सभामुख सापकोटाले आफू बृहत परामर्शमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment