+
+
Shares

प्रधानमन्त्रीले सडकमा शक्ति देखाउने होइन : नागरिक अभियन्ता

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २४ गते १५:२४

२४ माघ, काठमाडौं । नागरिक अभियन्ताहरूले सत्तारुढ दलले गरेको सडक प्रदर्शनको विरोध गरेका छन् । संसद विघटनको विरोधमा शनिबार काठमाडौंमा आयोजित प्रदर्शनका क्रममा उनीहरूले विरोध जनाएका हुन् ।

नयाँबानेश्वरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अभियन्ता रामजी रामले भने, ‘तपाईँ केवल नेकपाको प्रधानमन्त्री होइन, त्यसकारण सडकमा शक्ति नदेखाइदिनुहोला ।’

शुक्रबार दरबारमार्ग क्षेत्र ठप्प गरेर आयोजित सभालाई लक्षित गर्दै उनीहरूले सत्तारुढ दल सडक प्रदर्शनमा उत्रनु गलत भएको बताएका हुन् ।

अर्का अभियन्ता शशीविक्रम कार्कीले प्रधानमन्त्री ओलीले सनकमा गरेको संसद विघटनले संविधान र लोकतन्त्र संकटमा परेको बताए । ‘ओलीजीलाई अधिनायकवादीको श्रीपेच लगाउने रहर छ’ कार्कीले भने, ‘अब उनले इन्टरनेट काट्न सक्छन् ।’

लेखक राजेन्द्र महर्जनले कुनै पनि तानाशाह लामो समय नटिक्ने तर त्यसको विरोधमा संघर्ष गर्न नागरिकहरू तयार हुनुपर्ने बताए ।

कोणसभाअघि अभियन्ताहरूले माइतीघरदेखि नयाँबानेश्वरसम्म ‘न्ाागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ’ भन्ने नारा सहित मार्चपास गरेका थिए । प्रदर्शनमा डा. गोविन्द्र केसी, नारायण वाग्ले, ओमप्रकाश अर्याल लगायत सहभागी थिए ।

आगामी शनिबार मध्यान्ह १२ बजे माइतीघरबाट प्रदर्शन सुरु हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?