+
+
Shares

स्वीडेन, जर्मनी र पोल्याण्डका राजदूतलाई देशनिकाला गर्ने रुसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १२:३०
Photo Credit : Reuters

२५ माघ, काठमाडौं । रुसले विपक्षी नेता एलेक्सी नाभाल्नीको समर्थनमा गरिएको आन्दोलनमा सहभागी भएको आरोपमा स्वीडेन, जर्मनी र पोल्याण्डका राजदूतलाई देशनिकाला गर्ने बताएकोछ । गत महिना नाभाल्नीको समर्थनमा भएको आन्दोलनमा उनीहरु सहभागी भएको रुसले बताएको छ । रुसले उक्त आन्दोलनलाई अवैध आन्दोलन भएको बताउँदै आएको छ ।

रुसको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै राजदूतहरुको गतिविधि स्वीकार्य नरहेको बताएको छ । साथै रुसले अन्य मुलुकका कूटनीतिक अधिकारीले अन्तर्राष्ट्रिय कानुन कडाइका साथ पालना गरुन् भन्ने अपेक्षा रहेको बताएको छ । पछिल्लो समय पश्चिमा मुलुकहरुसँग रुसको तनाव बढिरहेको अवस्थामा रुसले केही राजदूतहरुलाई देशनिकाला गर्ने निर्णय गरेको हो । युरोपेली संघ (ईयू)ले भने रुसको यो कदमको विरोध गरेको छ ।

रुसका विपक्षी नेता नाभाल्नीलाई केही समयअघि अदालतले साढे तीन वर्षको जेल सजाय सुनाएको थियो । उनीमाथि यसअघिको मुद्दाको शर्त उल्लंघन गरेको आरोपमा उक्त सजाय सुनाइएको हो । गत वर्ष नाभाल्नीलाई विष दिइएको थियो । त्यसपछि उपचारका लागि जर्मनी गएका उनी रुस फर्किनेबित्तिकै एयरपोर्टबाट पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?