Comments Add Comment

भागरथी भट्ट हत्याको गम्भीर छानबिन गर : राष्ट्रिय जनमोर्चा

२५ माघ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले बैतडीको दोगडाकेदार गाउँपालिका-७ कि १७ वर्षकी भागरथी भट्टको हत्याको घटनाको गम्भीर छानबिन गर्न माग गरेको छ ।

आइतबार उपाध्यक्ष दुर्गा पौडेलले विज्ञप्ति निकालेर भागरथी हत्याको घटना निर्मला पन्तको जस्तै हुने त होइन भन्ने आशंका पैदा भएको भन्दै गम्भीर छानबिनको माग गरेकी हुन् ।

भट्टको शव माघ २२ गते शरीरभरी निलडाम र लगाएका कपडा च्यातिएको अवस्थामा जंगलमा भेटिनुले हत्या पाशविक भएको राष्ट्रिय जनमोर्चाले बताएको छ ।

निर्मला पन्तको बलात्कार र हत्याका अपराधीहरुलाई २ वर्षसम्म कारवाही गर्न नसक्नुले सरकार बलात्कार र हत्याका घटनामा उदासिन रहेको पनि राजमोले बताएको छ । ‘भागरथी भट्टको पनि निर्मला पन्तको घटना जस्तै कारवाही हुन नसक्ने अवस्था सिर्जना हुने त होइन भन्ने आशंका पैदा भएको छ’ उपाध्यक्ष पौडेलले भनेकी छन् ।

उनले भागरथी भट्टका परिवारलाई उचित क्षतिपूर्ति दिन पनि माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment