Comments Add Comment

स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकासमा पछि परियो : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उपलब्ध स्रोत र साधनलाई सही रुपमा सदुपयोग गर्न नसक्दा विकास र समृद्धिको यात्रामा पछि परेको बताएका छन् ।

शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको २६ औँ साधारणसभा तथा भवन उद्घाटन समारोहलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले मुलुकभित्र अथाह प्राकृतिक स्रोत र साधनहरु हुँदाहुँदै पनि देश विकास र समृद्धिको यात्रामा पछाडि परेको बताएका हुन् ।

“हामीसँग प्रसस्त मात्रामा प्राकृतिक स्रोत र साधनहरु छन् । यसलाई हामीले सही रुपमा सदुपयोग गर्न सकिरहेका छैनौं । यी उपलब्ध स्रोत तथा साधनको सही रुपमा सदुपयोग गर्न सकियो भने हामीले चाहेको विकास र समृद्धि असम्भव छैन । यसका लागि राज्य र निजी क्षेत्रबीच सहकार्य पनि जरुरी हुन्छ,” उनले भने ।

कार्यक्रममा ढकालले निर्वाचनका समयमा गरिएका वाचाहरू पुरा गर्न आफू तत्पर रहेको र त्यसअनुसार काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment