Comments Add Comment

सुर्खेतमा श्री एयरलाइन्सद्वारा परीक्षण उडान सुरु

२६ माघ, सुर्खेत । निजी वायु सेवा कम्पनी श्री एयरलाइन्सले सोमबार काठमाडौं-सुर्खेत परीक्षण उडान गरेको छ । एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाजद्वारा उडान परीक्षण गरेको सुर्खेत विमानस्थल प्रमुख उमेश पन्थीले जानकारी दिए ।

प्रमुख पन्थीका अनुसार सुर्खेती आकाशमा दुईवटा परीक्षण गरिसकेपछि बिहान ११ : ४० बजे जहाज काठमाडौं फर्किएको छ । पाइलट डीएस थापाको नेतृत्वमा जहाज सुर्खेत आएको थियो ।

एयरलाइन्सको ८० सिट क्षमताको क्युआर-८०० जहाज अवतरणका लागि रनवे उपयुक्त रहको श्री एयरलाइन्सका निर्देशक अनिल मानन्धरले बताए । तर, नियमित उडान गर्नका लागि भने मार्केटको अवस्था पनि अध्ययन गर्नुपर्ने उनको भनाइ छ ।

अब नियमित उडान गर्दा कतिसम्म लोडबोक्न सकिन्छ भन्नेबारे एयरलाइन्सका प्राविधिकहरुले अध्ययन गर्ने सुर्खेत विमानस्थल प्रमुख पन्थीले बताए ।

‘श्रीले आजदेखि परीक्षण उडान सुरु गरेको छ । नियमित उडान गर्न सकिने वा नसक्ने बारे अध्ययन पछि मात्रै उहाँहरुले जानकारी दिनुहुने छ,’ प्रमुख पन्थीले भने, ‘तर, पाइलटहरुको भने प्रतिकृया सकारात्मक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment