+
+
Shares

ब्रिटिस कलेजमा नयाँ भर्ना भएका विद्यार्थीलाई ओरिन्टेसन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १८:५४

थापाथली स्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ। जनावरी तथा फेब्रुअरी इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरुलाई आइतबार ओरिन्टेसन कक्षा दिएको कलेजले विज्ञप्ती मार्फत् जानकारी दिएको छ।

कार्यक्रममा बीएस्सी, कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुको सहभागिता रहेको थियो। कोभिड– १९कोमहामारीमा सन् २०२० मा कक्षाहरु भर्चुअल संचालन भएकोले विद्यार्थीहरु पहिलो पटक साक्षत्कार भएको कलेजले जानकारी दिएको छ।

कार्यक्रममा कलेजका प्रिन्सिपल तथा अन्य पदाधिकारिहरुसँगै पार्टनर युनिभर्सिटी लिड्स बेकेट तथा द युनिभर्सिटी अफ वेष्टइंग्ल्याण्डका पदाधिकारिहरुको मन्तव्यको भिडियो प्रस्तुत गरिएको थियो।

उनीहरुले कोभिड– १९ को अवस्था सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विद्यार्थीहरुलाई सचेत गराए। साथै, यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा सम्झौता नहुने विश्वास व्यक्त गरे।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?