Comments Add Comment

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुगेका छन् ।

आफूहरु नै आधिकारिकता नेकपा भएको दाबी गर्न र आगामी मध्यावधि निर्वाचनको तयारीबारे जानकारीसमेत लिन उनी निर्वान आयोग पुगेका हुन् ।

यही माघ १६ गते आयोगले नेकपा विवाद र निर्वाचनको तयारीका विषयमा छलफल गर्न नेकपाका दुवै पक्षलाई बोलाएको थियो ।

प्रचण्ड-माधव नेपाल पक्ष आयोगको कार्यालय पुगेर आधिकारिकता दाबी गरिसके पनि प्रधानमन्त्रीसमेत रहेका ओली भने गएका थिएनन् ।

नेकपाका दुवै खेमाका नेताहरुले आफूहरु मूल पार्टी रहेको दाबी गर्दै आएका छन् । तर, आयोगले दुवै पक्षको दाबी नपुगेको जनाउँदै आएको छ ।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै आगामी बैशाख १७ र २७ गते निर्वाचन मिति घोषणा गरेकी थिइन् ।

संसद विघटन लगत्तै नेकपा विभाजित भएको थियो । एउटा खेमाको नेतृत्व ओलीले गरेका छन् भने अर्कोको नेतृत्व प्रचण्ड र माधव नेपालले गरेका छन् ।

बहुमत केन्द्रीय सदस्यहरु आफूतिर रहेको दाबी गर्दै आएको प्रचण्ड-माधव समूहले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाएको छ । ओली समूहले पनि प्रचण्ड-माधव पक्षका नेताहरुलाई हटाउँदै संगठन पुनर्गठन गर्दै आएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment