+
+
Shares

पानीको समस्या टार्न ट्याङकी वितरण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २७ गते १२:२५

२७ माघ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिका-१० मा अनुदानमा ट्याङकी वितरण गरिएको छ । पानीको समस्या टार्नका लागि नगरपालिकाले आव ०७७/०७८ मा विनियोजन गरेको बजेटबाट २४० घरधुरीलाई ट्याङकी वितरण गरेको हो ।

वडाध्यक्ष पदमप्रसाद अर्यालका अनुसार कृषि तथा पशुविकास, महिला सशक्तिकरण, दलित लक्षित कार्यक्रममा छनोट भएकालाई ट्याङकी वितरण गरिएको हो । वडाले ट्याङकी वितरणका लागि १२ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

कृषि तथा पशु पालन क्षेत्रमा पानीको प्रयोग गर्न सहज पुग्ने विश्वासका साथ ट्याङकी वितरण गरिएको नगरपालिकाकी उपप्रमुख सीता भण्डारीले बताइन् ।

‘यहाँ पानीको समस्या छ । असार मसान्तमै एक घर एक धारा पुर्‍याउन लक्ष्यका साथ काम भइरहेको छ,’ वडाध्यक्ष अर्यालले भने, ‘ट्याङकीमा पानी संकलन गरेर कृषि कर्ममा सहज हुने विश्वास हामीले लिएका छाौं ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?