२७ माघ, काठमाडौं । विभागीय टाेली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय महिला लिग फुटबलमा स्याङ्जाकाे वालिङ नगरपालिकालाई २-० ले पराजित गरेको छ ।
सातदाेबाटाेस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन शर्मिला थापा र विमला चौधरीले एक एक गोल गरिन् । खेलको पहिलो मिनेटमै शर्मिलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिईन् । ४३ औं मिनेटमा विमलाले गोल गरेपछि आर्मीलाई २-० ले विजयी भयाे ।
खेलको ८३ औं मिनेटमा वालिङकी क्यामरुनी डिफेन्डर किओमेग्ने भेनेसा नोइली दुई पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएकी थिइन् ।
जितपछि ८ खेलबाट १९ अंक जाेडेकाे आर्मीले लिग लिडर एपीएफसँग अंक दूरी २ मा झारेकाे छ । एक खेल कम खेलेकाे एपीएफकाे २१ अंक छ ।
वालिङ ८ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया 4