Comments Add Comment

जुम्लामा पनि खुल्यो जेसीबीको आउटलेट

नेपालका लागि जेसीबी अर्थमूभिङ तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लू अर्थमुभर्स प्रा‍.लि.ले जुम्लामा आफ्नोे ‘अथोराइज्ड रिटेल आउटलेट’ (एआरओ) शुरू गरेको छ ।

नयाँ आउटलेटबाट जेसीबीका ग्राहकले अन्तर्राष्ट्रिय स्तरको सेल्स, सर्भिस र स्पेयरको सुविधा पाउने छन् ।

नयाँ आउटलेटको उद्घाटन प्रमुख अतिथि कर्णाली प्रदेश सदस्य तथा लेखा समितिका संयोजक दीनबन्धु श्रेष्ठले गरेका थिए । यस क्षेत्रमा भौतिक पूर्वाधार निर्माणको कार्यले तीव्रता पाएसँगै निर्माण व्यवसायीहरूको सहजता र सुलभताका लागि जेसीबीले आधिकारिक आउटलेट शुरू गरेको अंकित जनरल स्टोरका चन्द्र खड्काले बताए ।

उद्घाटन समारोहमा जुम्ला र छिमेकी जिल्लाका ग्राहकहरूको सहभागिता रहेको थियो । यो सहित जेसीबीले नेपालमा २० वटा ‘एआरओ’ स्थापना गरिसकेको छ ।

धादिङको गल्छी, गोरखा, चरिकोट, लहान, डडेलधुरा, अर्घाखाँची, प्युठान, भक्तपुर, हरिओन, हिले, फिदिम, चन्द्रौटा, दमौली, पश्चिम रुकुम र बनेपामा यसअघि नै जेसीबीका आधिकारिक विक्री केन्द्र सञ्चालन भइसकेका छन् ।

जेसीबीका मेसिनहरूको संख्या बढी रहेका नेपालका अन्य ग्रामिण क्षेत्रमा पनि ग्राहकलाई गुणस्तरीय ‘एफ्टरसेल्स सर्भिस’का लागि ‘एआरओ’ स्थापना गर्ने लक्ष्य एमएडब्लु अर्थमुभर्सले लिएको छ ।

नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपत हुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।

पर्याप्त जनशक्ति र स्पेयर्सका कारण जेसीबीप्रतिको जनविश्वास बढ्दै गएको छ । जेसीबीले बिक्रीलाई होइन बिक्रीपछिको सेवालाई जोड दिन्छ र यसकै कारण यो नेपालको हेबी इक्विपमेन्ट क्षेत्रमा नम्बर १ ब्रान्ड बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment